भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्युठानमा जीप दूर्घटना हुदा ३ जनाको मृत्यु

प्युठानमा जीप दूर्घटना हुदा ३ जनाको मृत्यु

प्युठान । प्युठानमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स गाडी प्युठान नगरपालिका–५ पूर्णगाउँमा दुर्घटनामा परेको हो ।

प्युठान नगरपालिका–५ पातल कटेरी निवासी ५२ बर्षीया मैमा घर्ती, सोही ठाउँ निवासी ४३ बर्षिया बच्चि थापा र ४६ बर्षीय खुमन थापाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

१२ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको छ । गाडी सडक देखि दुई सय मिटर तल खसेको छ ।

 


Thali Mobile Pvt.Ltd.