भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

प्युठानमा जीप दूर्घटना हुदा ३ जनाको मृत्यु

प्युठानमा जीप दूर्घटना हुदा ३ जनाको मृत्यु

प्युठान । प्युठानमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स गाडी प्युठान नगरपालिका–५ पूर्णगाउँमा दुर्घटनामा परेको हो ।

प्युठान नगरपालिका–५ पातल कटेरी निवासी ५२ बर्षीया मैमा घर्ती, सोही ठाउँ निवासी ४३ बर्षिया बच्चि थापा र ४६ बर्षीय खुमन थापाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

१२ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको छ । गाडी सडक देखि दुई सय मिटर तल खसेको छ ।

 


Thali Mobile Pvt.Ltd.