भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

प्रगतिको बाधक भ्रष्टाचार : प्रदेश प्रमुख कलौनी

प्रगतिको बाधक भ्रष्टाचार : प्रदेश प्रमुख कलौनी

सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुलुकको प्रगतिको बाधक भ्रष्टाचार भएको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औँ स्थापना दिवसको अवसरमा आज सुर्खेतमा आयोजित वार्षिकोत्सव कार्यक्रममा प्रदेश प्रमुख कलौनीले राज्यले शून्य सहनशीलताको नीति अवलम्बन गरे पनि मुलुकको विकास तथा समृद्धिमा भ्रष्टाचार निर्मूलीकरण निकै ठूलो चुनौतीका रुपमा देखिएको बताउनुभयो ।

“अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको संरक्षणमा ठूलो सहयोग पु¥याएको छ”, प्रदेश प्रमुख कलौनीले भन्नुभयो, “भ्रष्टाचार निवारण गर्न सबै तह तप्काको रचनात्मक सुझाव तथा सहयोग आवश्यक छ ।” राज्यको सेवा सुविधामा जनताको सहज पहुँच हुनुपर्नेमा जोड दिँदै उहाँले आयोगले आफ्नो भूमिकालाई रचनात्मक र प्रविधिमैत्री बनाउन सुझाउनुभयो ।

वार्षिकोत्सवमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गलतमानव सोच, चेतना र दृष्टिकोणले भ्रष्टाचार बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचारका कारण खोतल्न जरुरी छ ।” व्यक्तिको वार्षिक आम्दानी र खर्चको हिसाब गरे उसको आम्दानीको स्रोत र अवैधानिक कार्य सजिलै भेटिने भन्दै मुख्यमन्त्री शाहीले अकुत सम्पत्तिले निर्माण गरिने संरचनाभन्दा नैतिकता र व्यक्तित्वलाई बचाउन सबैलाई आग्रह गर्नुभयो ।

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले एउटा परिवारको मनोविज्ञानबाट त्यही परिवार, समाज, संस्था र राज्यका निकायमा भ्रष्टाचारको प्रभाव बढ्दै गएको विचार व्यक्त गर्नुभयो । नैतिकता गुमाएर पैसाको पछि लाग्ने संस्कृति निवारणका लागि सबैको साझा प्रयास आवश्यक रहेको सभामुख शाहीको भनाइ थियो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले व्यक्तिको सामाजिक उचाइ नाप्ने मानक पैसा ठान्ने संस्कार कारण कुकर्मबाट अकुत सम्पत्तिआर्जन गर्ने होड चलेको बताउनुभयो । “समाजमा व्यक्तिले गलत तरिकाले आर्जन गरेको सम्पत्ति उसको प्रतिष्ठाको मानक भइदिन्छ”, मन्त्री भण्डारीले भन्नुभयो, “पछिल्लो समयमा त्यही गलत संस्कार मानव समाजमा संस्कृतिका रुपमा गाँजिएको छ ।”

अख्तियारको ३०औँ स्थापना दिवसमा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देल तथा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चन्द्रमान श्रेष्ठले अख्तियारले साना कुरामा नभई ठूला अनियमितता र भ्रष्टाचारका घटनामा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । सो अवसरमा आरङ्ग नेपाल सुर्खेतका कलाकारले भ्रष्टाचार निवारणसम्बन्धी लघु नाटक प्रस्तुत गरेका थिए । रासस

 


Thali Mobile Pvt.Ltd.