प्रचण्डलाई कांग्रेसको चिन्ता, देउवा सान्तोना दिदै

प्रचण्डलाई कांग्रेसको चिन्ता, देउवा सान्तोना दिदै

काठमाडौं । चुनावी माहोल तीब्रतामा गइरहेका बेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसभित्र जटिलता देखेको बताएका छन् । पछिल्लो समय चितवनमा कांग्रेसबाट नै धेरै बागी उम्मेदवारी परेकोतर्फत संकेत गर्दै प्रचण्डले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

सत्ता गठबन्धनको तर्फबाट चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसभित्र अन्तरविरोध हल हुनुपर्ने बताए । सम्बोधनको क्रममा प्रचण्डले भने, ‘कांग्रेसभित्र अलिकति जटिलता आयो मलाई चिन्ता लाग्न थालेको छ । कांग्रेसभित्र यो समस्या हल भइदिएको भए हुन्थ्यो भन्ने मलाई लागेको छ ।’

दाहालले चितवन कांग्रेसका पूर्व सभापति विकास कोइरालाको कारबाही फिर्ताका लागि पनि सभापति शेरबहादुर देउवासमक्ष लविङ गरेका छन् । कोइरालाका समर्थकहरुले उनीमाथिको कारबाही फुकुवाको माग गर्दै चुनावी सभास्थ आसपासमा प्रदर्शन गरेपछि प्रचण्डले यस्तो लविङ्ग थालेका हुन ।

गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ सविधान सम्भव भएको बताए । यसैबीच प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थायी शान्ति र विकासका लागि लोकतान्त्रिक–वाम गठबन्धनले निर्वाचन जित्नुपर्ने बताउदै काँग्रेस भित्र कुनै तिकडम नभएको बताए ।

लोकतान्त्रिक–वाम गठबन्धन चितवनले भरतपुरमा योजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले राष्ट्रमा स्थायी शान्ति र विकास गरेर देशलाई धनी बनाउन काँग्रेस कटिवद्ध भएको हुदा ढुक्क भएर बस्न प्रचण्डलाई सान्तोना दिए । गठबन्धनले जित्नुपर्ने बेला आएको बताउदै उनले राष्ट्रिय एकता स्थापित गरेर सम्पूर्ण नेपालीलाई एक बनाउनुपर्नेमा जोड दिए ।

देउवाले भने, ‘आफ्नै देशमा उद्योग खोलेर जलस्रोतको विकास गरेर नेपाललाई सम्पन्न बनाउनुपर्छ । नेपालभित्रै रोजगारी सिर्जना गरी कोही पनि विदेश जानु नपरोस् भन्ने चाहना काँग्रेसको छ ।’ ठूलो सङ्घर्षबाट प्राप्त भएको गणतन्त्र स्थायी रुपमा स्थापित गर्न र सङ्घीय शासन व्यवस्था, समावेशिता, हिमाल, पहाड मधेससहित मेचीमहाकालीसम्मको भूभागलाई एक बनाएर लैजाने आफ्नो प्रयास रहेको बताए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.