भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र

प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र

काठमाडौं । मंसिर ४ मा हनुे प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्‍याइएको निर्वाचन आयोगले बताएको छ ।

देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भइसकेको जनाएको हो ।

मतपत्रसहितका ५८ प्रकारका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा ढुवानी गरिएको छ ।

अब हरेक मतदान केन्द्रमा मतपत्र पुर्याइने आयोगको भनाइ छ । संघ र प्रदेशको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि दुईदुई वटा मतपत्र छापिएका छन् ।

प्रत्यक्षका लागि ३ करोड ९७ लाख ८९ हजार ५ सय र समानुपातिकका लागि ४ करोड ६ लाख ५ हजार मतपत्र छापिएको हो ।

देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् ।

 


Thali Mobile Pvt.Ltd.