भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

प्रतिनिधिसभा सांसद ज्ञानकुमारीको निधन

प्रतिनिधिसभा सांसद ज्ञानकुमारीको निधन

१७ असार २०७७ काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । उपचारका क्रममा शहिद गंगालाल ह्रदययरोग केन्द्रमा निधन भएको नेपाली कांग्रेसले जनाएको छ ।

मुटुको ३ वटा भल्ब ब्लक भएपछि शल्यक्रिया गरिएको सचेतक पुष्पा भुषालले जानकारी दिइन् । आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने जनाइएको छ । २०७० सालको संविधान सभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित भएकी छन्त्यालका त्यसपछिको निर्वाचनमा कांग्रेसले समानुपातिकबाट प्रतिनिधिसभा सांसद बनाएको थियो ।

छन्त्यालका श्रीमान, दुई छोरा र दुई छोरी छन् । उनको निधनप्रति दुख ब्यक्त गर्दै कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक र संसदीय दलको बैठक स्थगित गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.