काठमाण्डौं । भोलि (बिहीवार)का लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
अर्को बैठक अब पुस २८ गते बुधवार बस्ने सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले बताए । बुधवार सूचना निकालेर बैठक २८ गते दिउँसो १ बजे बस्ने जानकारी दिएको हो ।
यसअघि पुस १८ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।
