भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

प्रत्यक्षतर्फ १५६ सिटको टुङ्गो लाग्यो, अब ९ स्थानकाे मात्र बाँकी

प्रत्यक्षतर्फ १५६ सिटको टुङ्गो लाग्यो, अब ९ स्थानकाे मात्र बाँकी

काठमाडौं । प्रतिनिधिसभातर्फ १ सय ५६ सिटको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । कुल १६५ निर्वाचन क्षेत्रमध्ये बिहानहानसम्म १५६ वटा सिटको टुङ्गो लागेको छ भने अझै ९ वटा क्षेत्रको परिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५३ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४१ वटा क्षेत्रमा जीत हासिल गरेको छ । नेकपा माओवादी केन्द्र १७ सिटमा विजयी भएको छ ।

नेकपा एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ७÷७, जनता समाजवादी पार्टीले ६ र लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट जितेको छ । नागरिक उन्मुक्ति पार्टीले ३, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र जनमत पार्टीले १/१ सिट जित्दा ५ ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

मतगणना चलिरहेका ६ मध्ये ३ स्थानमा नेपाली कांग्रेस, २ स्थानमा नेकपा एमाले र एक स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेका छन् । कांग्रेस उम्मेदवारहरु धनुषा ३ मा महेन्द्र यादव, उदयपुर १ मा डा.नारायण खड्का र सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिइरहेका छन् ।

कार्कीको निर्वाचन क्षेत्र सुनसरी ४ मा विवाद हुँदा मतगणना रोकिएको छ । मतगणना जारी रहेका इलाम १ मा एमालेका महेश बस्नेत र सुनसरी ३ मा एमालेकै भगवती चौधरी अगाडि छन्। सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले अग्रता लिइरहेकी छन् ।

बाजुरा, दोलखा र स्याङ्जा २ मा गरी तीन निर्वाचन क्षेत्रको मतगणना नै सुरु भएको छैन।

 


Thali Mobile Pvt.Ltd.