प्रदर्शनमा प्रहरी हस्तक्षेपः बाटो हिड्ने बटुवासमेत गिरफतार

प्रदर्शनमा प्रहरी हस्तक्षेपः बाटो हिड्ने बटुवासमेत गिरफतार

काठमाडौं । वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भिर असर परेको भन्दै युवाहरुले सिंहदरवार अगाडि प्रदर्शन गरेका छन् । देशभर जंगलमा लागेको डढेलो नियन्त्रण गर्न र प्रदूषणले जनस्वास्थ्यमा परेको असर प्रति सरकार मौन बसेको भन्दै शुक्रबार उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

निषेधित क्षेत्र सिंहदरवार अगाडि प्रदर्शन गरेको भन्दै प्रहरीले प्रदर्शनकारीलाई गिरफतार गरेको छ ।  प्रदर्शन गरिरहेका युवाहरुसंगै प्रहरीले बाटो हिड्ने बटुवालाई समेत गिरफतार गरेको हो । ‘हरियो वन भ्रष्टाचारीको धन’ भन्दै प्रदर्शनकारीले नारावाजीसमेत गरेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

सचेत रहन मन्त्रालयको अनुरोध
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि मौसममा आएको परिवर्तनसंगै उपत्यकाभित्रको वायु प्रदूषणले स्वास्थ्यमा असर परेपछि अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ ।

वायु प्रदूषणले विविध स्वास्थ्य समस्या देखा परेकोले अत्यावश्यक कामवाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न तथा शरीर पूरै ढाकिने गरी लुगा लगाएर मात्र निस्कन आह्वान गरेको हो ।

प्रदूषणले स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन गम्भीर असर पर्न सक्ने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । प्रदूषणले आँखा चिलाउने, पोल्ने, छाला चिलाउने, श्वासप्रश्वासमा गाह्रो हुने समस्या देखिएको छ । साथै दीर्घकालीनरुपमा मुटु र फोक्सोको समस्या बढ्ने, स्नायु प्रणालीमा असर पर्ने बालबालिकाको वृद्धिविकासमा असर गर्ने र क्यान्सरको समेत समस्या हुने डा. अधिकारीको भनाई छ ।

 

 


Thali Mobile Pvt.Ltd.