भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

महानगरले चलायो डोजर, होला त सरकारी जग्गा खाली ?

महानगरले चलायो डोजर, होला त सरकारी जग्गा खाली ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर २९ मा रहेको सरकारी जग्गा खाली गराएको छ । वडा नम्बर २९ को वडा कार्यालय बनाउने भन्दै महानगरले डोजर लगाएर सरकारी जग्गा खाली गराएको हो ।

महानगरको उक्त कदमप्रति स्थानीयले विरोध गरेका छन् ।सरकारी जग्गालाई अतिक्रमण हुनबाट रोकेर संरक्षण गर्दै स्थानीयले खेल्ने ठाँउ बनाएको स्थानमा महानगरले जबरजस्ती हस्तक्षेप गरेको उनीहरुको ठहर छ ।

सोही स्थाननजिकै रहेको अन्य दुईवटा सरकारी जग्गामा वडा कार्यालय बनाउन सुझाव दिएका छन् । वडा नम्बर २९ ले भने स्थानीयले खेल्ने स्थानमा नै कार्यालय बनाउने तयारी गरेको छ । सोहीअनुरुप वडा कार्यालय बनाउनका लागि सरकारी जग्गा खाली गराएको काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

 


Thali Mobile Pvt.Ltd.