भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रधानन्यायाधीश कार्की अवकाशमा, नयाँ को लागि बैठक बस्ने

प्रधानन्यायाधीश कार्की अवकाशमा, नयाँ को लागि बैठक बस्ने

काठमाडौँ । अब हुने प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् ।

बैठक मंगलबार अपराह्न ४ बजेका लागि बोलाइएको छ । बैठक बोलाउनुअघि प्रचण्डले बिहान प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ता घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । अबको ६ दिनमा प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जाँदैछन् ।

कार्की साउन २० गते अवकाशमा जान लागेका हुन् । प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिना अगाडि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर त्यो व्यवस्था लत्याउँदै ढिला गरी संवैधानिक परिषद्को बैठक डाकिएको हो ।

प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिना अगाडि नै घरबिदा लिएर बस्ने चलन छ । तर हालका प्रधानन्यायाधीश कार्की गत महिनामात्रै प्रधानन्यायाधीशमा नियुक्त भएका थिए ।

उनले प्रधानन्यायाधीशमा नियुक्त हुनुअघि नै अवकाशको पत्र पाएका थिए । अदालतमा न्यायाधीशहरुकोसमेत नियुक्ति नहुँदा फैसलामा ढिलाइ भएको गुनासो छ ।

 


Thali Mobile Pvt.Ltd.