भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रधानमन्त्रीले गरे २३ वर्ष कान्छी किशोरीसंग विवाह

प्रधानमन्त्रीले गरे २३ वर्ष कान्छी किशोरीसंग विवाह

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले शनिबार आफुभन्दा २३ वर्ष कान्छी किशोरीसंग गुपचुपमा विवाह गरेका छन् । बेलायती मिडिया रिपोर्टलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले आफ्नी प्रेमिका केरी साइमन्ड्सँग विवाह गरेको जनाएका छन् । समारोह वेस्टमिन्स्टर क्याथेडरल चर्चमा भएको छ ।

यद्यपि, जोनसनका डाउनिङ स्ट्रीट अफिसका प्रवक्ताले यी रिपोर्टमा कुनै पनि प्रकारको टिप्पणी गर्न अस्वीकार गरेका छन् । बेलायती पत्रिका द सन र मेल अन सन्डेमा छापिएको रिपोर्ट अनुसार विवाहका सबै पाहुनालाई अन्तिम समयमा आमन्त्रण गरिएको थियो ।

यो विवाहको जानकारी वरिष्ठ अधिकारीलाई पनि दिइएको थिएन । कोरोनाका कारण बेलायतमा विवाहमा ३० जनाभन्दा बढी सरिक हुन अनुमति छैन । सन् २०१९ मा प्रधानमन्त्री बनेपछि नै जोनसन आफ्नी ३३ वर्षीया प्रेमिका केरी साइमन्ड्ससँग साउथ डाउनिङ स्ट्रीटमा बसिरहेका छन् । अघिल्लो वर्ष यी दुईले आफ्नो सम्बन्धबारे घोषणा गरेका थिए । साथै जन्मन लागेको बच्चाबारे पनि जानकारी दिएका थिए । सन् २०२० मा उनीहरुको छोरा जन्मिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.