भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रधानमन्त्री ओलाङचुङगोला नजाने

प्रधानमन्त्री ओलाङचुङगोला नजाने

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङका हिमाली गाउँ ओलाङचुङगोला र घुन्सा नजाने भएका छन् ।

आउदो ५ गते नेपाल–चीन सिमाना टिप्ताला भन्ज्याङ र ओलाङचुङगोलाको सीमा सुरक्षा पोस्ट अवलोकन तथा घुन्सा फाउन्डेसनको भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो तर अचानक भ्रमणको कार्यक्रम स्थगित भएको छ ।

घुन्साका स्थानीयलाई सम्बोधन गर्ने कार्यक्रमसमेत स्थगित भएपछि उनी त्यहाँ नजाने भएका हुन । भ्रमण स्थगित भएपनि फुङलिङमा ओलीका समर्थकको बाक्लो उपस्थिति रहेको छ ।

प्रधानमन्त्रीको सचिवालयबाट कार्यक्रम स्थगनको मौखिक जानकारी आएपछि प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले मौखिक रूपमै समर्थकलाई कार्यक्रम स्थगित भएको जानकारी गराए । पार्टी भित्रको किचलो बढ्दै गएपछि प्रधानमन्त्री ओलीले भ्रमण स्थगन गरेको नेताहरूले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.