भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रधानमन्त्री निवासमै आक्रमण

प्रधानमन्त्री निवासमै आक्रमण

काठमाडौं । इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन आक्रमण भएको छ । प्रधानमन्त्री मुस्तफा अल–कादिमी आक्रमणबाट बच्न सफल भएका छन् । बग्दादको ग्रीनजोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको ड्रोनबाट हमला गरिएको अञ्तराष्ट्रिय समाचार सस्थालले जनाएका छन् ।

प्रधानमन्त्री कादिमीको हत्या गर्ने उद्देश्यले आक्रमण गराइएको इराकी अधिकारीको जिकिर छ । ड्रोन आक्रमणबाट इराकी प्रधानमन्त्री घाइते भएको र उनलाई अस्पताल लगिएको कादिमीले सामाजिक सञ्जालमा लेखेका छन् । अहिले आफू सुरक्षित रहेकोसमेत जानकारी दिएका हुन । इराक र इराकी जनताको हितका लागि शान्त र धैर्य बन्न आग्रह गरेका छन् ।

सरकारी कार्यालयहरू, विदेशी दूतावासहरू समेत रहेको भीआपी क्षेत्रमा गराइएको हमलाको जिम्मेवारी कसैले लगेको छैन । पछिल्ला दिनहरूमा इरानी सत्तासँग सम्बन्धित केही हतियारधारी समूहहरूले विरोध प्रदर्शन गर्दै आईरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.