भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

४ लाख ४३ हजार नगदसहित १६ जुवाडे पक्राउ

४ लाख ४३ हजार नगदसहित १६ जुवाडे पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत थानकोट तथा प्रभाग बलम्बुबाट संयुक्त खटिएको प्रहरी टोलीले ४ लाख ४३ हजार ५०३ नगदसहित १६ जना जुवाडेलाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका वडा नं. १४ पुरानो नैकाप शंकर थापाको घरमा जुवा खेलिरहेको अवस्थामा १६ जना जुवाडेलाई पक्राउ गरेको हो ।

सात बुक ताससहित ठूलो रकमसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए । पक्राउ पर्नेमा पुरानो नैकापका ५२ वर्षीय पुष्कर थापा, ४६ वर्षीय पूर्ण बहादुर बस्नेत, ४१ वर्षीय सुदर्शन बिडारी, ४६ वर्षीय लव कार्की, ४४ वर्षीय सुदामा के.सी. ३१ वर्षीय विजय बुढाथोकी, ५० वर्षीय रविन्द्र थापा, ४३ वर्षीय राजन खत्री रहेका छन् ।

प्रहरीका अनुसारचन्द्रागिरी नगरपालिका–१३ कै ३६ वर्षीय विश्वासजंग कार्की, ४० वर्षीया सन्जु थापा, ३८ वर्षीय निरन्जन शाह ठकुरी र ४४ वर्षीय अष्टमान महर्जन, ४१ वर्षीय शंकर थापा, चन्द्रागिरी नगरपालिका–१२का निरन्जन केसी, दैलेख दुन्‍नु नगरपालिका–११ घर भइ चन्द्रागिरी नगरपालिका–१३ बस्‍दै आएका ४७ वर्षीय गणेश

रसाइली र काभ्रे पाँचखाल नगरपालिका–११ घर भइ हाल दक्षिणकाली नगरपालिका–१ बस्‍दै आएका ३६ वर्षीय कृष्णबहादुर मगर पक्राउ परेका छन् । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.