भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

प्रहरीको अपिलः चाडवाडलक्षित किनमेल गर्दा विद्युतीय भुक्तानी

प्रहरीको अपिलः चाडवाडलक्षित किनमेल गर्दा विद्युतीय भुक्तानी

काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले चाडवाडमा किनमेल गर्दा विद्युतीय भुक्तानी गर्न अनुरोध गरेको छ ।

रकम बोकेर किनमेल गर्दा चोरी हुने सम्भावना बढेको बताउँदै अनलाइन भुक्तानी गर्न ललितपुर प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक ( एसपी) सुधीरराज शाहीले बताए । दशैं, तिहार, छठलगायत चाडवाडलक्षित सुरक्षा योजनाबारे जानकारी गराउँदै उनले गृह मन्त्रालयको निर्देशनअनुसार सुरक्षा योजना तयार गरिएको बताए ।

परिसरले भदौ २० देखि नै सुरक्षा योजना कार्यान्वयन शुरु गरेको जानकारी दिए । बढी भीडभाड हुने क्षेत्रमा बिहान ६ देखि बेलुकी ७ बजेसम्म गस्ती गर्ने, मुख्य चोक, सपिङ मल, गहना पसल, बैंक तथा वित्तीय संस्थालगायतका क्षेत्रमा आवश्यकताको आधारमा २४ सै घण्टा प्रहरी परिचान गरिने जानकारी दिए ।

परिसरले दिउँसोको चोरी नियन्त्रण गर्न एक दर्जनभन्दा बढी स्थानमा एम्बुसिङ टोली र करिब तीन सयको संख्यामा सादा प्रहरी परिचालन गर्न आकस्मिक स्किनिङ, गहन चेकिङ, सीमाक्षेत्र सिल गरी विशेष अप्रेसन गर्ने लगायतका विशेष सुरक्षा योजना अघि बढाएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.