भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रहरीको अपिलः चाडवाडलक्षित किनमेल गर्दा विद्युतीय भुक्तानी

प्रहरीको अपिलः चाडवाडलक्षित किनमेल गर्दा विद्युतीय भुक्तानी

काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले चाडवाडमा किनमेल गर्दा विद्युतीय भुक्तानी गर्न अनुरोध गरेको छ ।

रकम बोकेर किनमेल गर्दा चोरी हुने सम्भावना बढेको बताउँदै अनलाइन भुक्तानी गर्न ललितपुर प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक ( एसपी) सुधीरराज शाहीले बताए । दशैं, तिहार, छठलगायत चाडवाडलक्षित सुरक्षा योजनाबारे जानकारी गराउँदै उनले गृह मन्त्रालयको निर्देशनअनुसार सुरक्षा योजना तयार गरिएको बताए ।

परिसरले भदौ २० देखि नै सुरक्षा योजना कार्यान्वयन शुरु गरेको जानकारी दिए । बढी भीडभाड हुने क्षेत्रमा बिहान ६ देखि बेलुकी ७ बजेसम्म गस्ती गर्ने, मुख्य चोक, सपिङ मल, गहना पसल, बैंक तथा वित्तीय संस्थालगायतका क्षेत्रमा आवश्यकताको आधारमा २४ सै घण्टा प्रहरी परिचान गरिने जानकारी दिए ।

परिसरले दिउँसोको चोरी नियन्त्रण गर्न एक दर्जनभन्दा बढी स्थानमा एम्बुसिङ टोली र करिब तीन सयको संख्यामा सादा प्रहरी परिचालन गर्न आकस्मिक स्किनिङ, गहन चेकिङ, सीमाक्षेत्र सिल गरी विशेष अप्रेसन गर्ने लगायतका विशेष सुरक्षा योजना अघि बढाएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.