भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

फुटबलका लागि नेपाली टोली फिलिपिन्स प्रस्थान

फुटबलका लागि नेपाली टोली फिलिपिन्स प्रस्थान

काठमाडौं । १४औँ संस्करणको साफ च्याम्पियन अघिको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली फिलिपिन्स प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हिजो नै नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरेको थियो ।

साफ च्याम्पियनसिपको तयारी स्वरूप नेपालले फिलिपिन्ससँग उसकै मैदानमा मैत्रीपूर्ण खेल खेल्ने छ । सो खेल सकिएपछि शुक्रबार टोली त्यतैबाट भारत प्रस्थान गर्नेछ । साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म भारको बेंगलुरुमा हुँदैछ ।

नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान छन् । यस्तै, समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । साफको उद्घाटन खेलमा नेपाल र कुवेतबीच नेपाली समयअनुसार असार ६ गते अपराह्न पौने ४ बजे प्रतिस्पर्धा सुरु हुनेछ ।

त्यसपछि नेपालले असार ९ गते भारत र असार १२ गते पाकिस्तानसँग समूह चरणको अन्तिम खेल खेल्ने छ ।

 


Thali Mobile Pvt.Ltd.