भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

फेरि नयाँ भाइरसको त्रास

फेरि नयाँ भाइरसको त्रास

काठमाडौं । पूर्वी चीनमा अर्को जनावरबाट उत्पादन हुने भाइरस फेला परेका े छ । सात दर्जन मानिस संक्रमित भएको वैज्ञानिकहरुले जनाएका छन् । साङडोग र हनान प्रान्तमा ३५ जना नोभल लाङ्गा हेनीपा भाइरस (लेभी) बाट संक्रमित भएका छन् ।

ज्वरो आउने, थकाइ लाग्ने र कफ आउने जस्ता समस्या देखिएका छन् । जनावरबाट मानिसमा सरेको पुष्टि भए पनि मानिसबाट मानिसमा सर्छ या सर्दैन भन्ने अझै यकिन भएको छैन ।

चीन, अस्ट्रेलिया र सिंगापुरमा वैज्ञानिकले अध्ययन गरेर पत्ता लगाएका यी तथ्य न्यु इङ्गल्यान्ड जर्नलमा प्रकाशित छ। रिसर्चमा संलग्न सिंगापुरको ड्युक मेडिकल स्कुलका वाङ लिन्फाले चीनबाट प्रकाशित हुने ग्लोबल टाइम्समा जनाए अनुसार अहिलेसम्म लेभी सङ्क्रमितमा धेरै कडा लक्षण नदेखिएका कारण आत्तिनु पर्ने अवस्था छैन ।

लिन्फा यो घातक नदेखिए पनि जनावरबाट मानिसमा एक पछि अर्को भाइरस निश्चित समयको अन्तरालमा देखिने थालेपछि यसबाट हामी सबै सतर्क हुनु पर्ने बताउँछन्।

ताइवानको रोग नियन्त्रण केन्द्रले यो भाइरसको उत्पत्तिसँगै सतर्कता अपनाइएको जनाएको छ । लेभी हेनीपा भाइरसको एउटा प्रकार हो । यो जोनोटीक भाइरसकै एउटा वर्ग हो । यस वर्ग अनुसार यो जनावरबाट मानिसमा सर्न सक्छ।उने गरेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.