भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

फेरि नयाँ भाइरसको त्रास

फेरि नयाँ भाइरसको त्रास

काठमाडौं । पूर्वी चीनमा अर्को जनावरबाट उत्पादन हुने भाइरस फेला परेका े छ । सात दर्जन मानिस संक्रमित भएको वैज्ञानिकहरुले जनाएका छन् । साङडोग र हनान प्रान्तमा ३५ जना नोभल लाङ्गा हेनीपा भाइरस (लेभी) बाट संक्रमित भएका छन् ।

ज्वरो आउने, थकाइ लाग्ने र कफ आउने जस्ता समस्या देखिएका छन् । जनावरबाट मानिसमा सरेको पुष्टि भए पनि मानिसबाट मानिसमा सर्छ या सर्दैन भन्ने अझै यकिन भएको छैन ।

चीन, अस्ट्रेलिया र सिंगापुरमा वैज्ञानिकले अध्ययन गरेर पत्ता लगाएका यी तथ्य न्यु इङ्गल्यान्ड जर्नलमा प्रकाशित छ। रिसर्चमा संलग्न सिंगापुरको ड्युक मेडिकल स्कुलका वाङ लिन्फाले चीनबाट प्रकाशित हुने ग्लोबल टाइम्समा जनाए अनुसार अहिलेसम्म लेभी सङ्क्रमितमा धेरै कडा लक्षण नदेखिएका कारण आत्तिनु पर्ने अवस्था छैन ।

लिन्फा यो घातक नदेखिए पनि जनावरबाट मानिसमा एक पछि अर्को भाइरस निश्चित समयको अन्तरालमा देखिने थालेपछि यसबाट हामी सबै सतर्क हुनु पर्ने बताउँछन्।

ताइवानको रोग नियन्त्रण केन्द्रले यो भाइरसको उत्पत्तिसँगै सतर्कता अपनाइएको जनाएको छ । लेभी हेनीपा भाइरसको एउटा प्रकार हो । यो जोनोटीक भाइरसकै एउटा वर्ग हो । यस वर्ग अनुसार यो जनावरबाट मानिसमा सर्न सक्छ।उने गरेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.