भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य,पेट्रोल प्रतिलिटर १ सय ७८ रुपैयाँ

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य,पेट्रोल प्रतिलिटर १ सय ७८ रुपैयाँ

काठमाडौं । सोमबार मध्यराति १२ बजेदेखि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेको छ । नेपाल आयल निगमले साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाइएको हो । नेपाल आयल निगमले नेपाल सरकारको ऋण र इन्डियन आयल कर्पोरेसन लिमिटेडलाई फेब्रुअरी २०२२ मा तिर्नुपर्ने बक्यौता १६ अर्ब ३० करोड रुपैयाँ रहेपछि मूल्य बढेको जनाएको छ ।

१६ माघमा प्राप्त नयाँ खरिद मूल्य सूचीबमोजिम पेट्रोलमा प्रतिलिटर ८.१ रुपैयाँ, डिजेलमा ७.९८ रुपैयाँ, मट्टीतेलमा ४.६१ रुपैयाँ र हवाई इन्धनमा ७.८ रुपैयाँ मूल्य बढेर आएकाले मूल्यवृद्धि गर्नुपरेको निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेसन लिमिटेडको बक्यौता एवं सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौती नै रहेको अवस्था भएकाले निगमले मूल्य समायोजन गरेको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

पेट्रोल प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ भने डिजेल÷मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ७५ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको आयल निगमले जनाएको छ । यसरी सरकारले पेट्रोलिय पदार्थको मूल्य बढाउदा आम सर्वसाधारण मर्कामा परेका छन् ।

 


Thali Mobile Pvt.Ltd.