भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

फेरी बर्ड फ्लुको सङ्क्रमण, माछा समेत विक्री गर्न प्रतिबन्ध

फेरी बर्ड फ्लुको सङ्क्रमण, माछा समेत विक्री गर्न प्रतिबन्ध

काठमाण्डौ । बर्ड फ्लु देखा परेका भारतका विभिन्न राज्यमा सङ्क्रमण नियन्त्रणको प्रयास थालिएको छ । भारतका विभिन्न राज्यहरुमा बर्ड फ्लु फैलिएपछि कुखुरालगायतका पन्छी नष्ट गर्न थालिएको छ ।

मध्य प्रदेश, केरला, हरियाणा, राजस्थान, हिमाञ्चल प्रदेश र झारखण्डमा बर्डफ्लुका कारण कुखुरा तथा पुशपन्क्षी मरेको पुष्टि भएको हो । बर्ड फ्लु देखिएका विभिन्न राज्यहरुमा कुखुरा, हाँस र माछा पसल खोल्नमा प्रतिबन्ध लगाईएको छ । गुजरात, महाराष्ट र केरलामा हाललाई माछा मासु बिक्रिमासमेत रोक लगाइएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् ।

मध्यप्रदेश, गुजरात र महाराष्ट्रमा पनि बर्ड फ्लु फैलिएको छ । हिमाञ्चल प्रदेशको पोङ् ड्येम क्षेत्रमा मात्रै २४ सय भन्दा धेरै पन्छी बर्डफ्लुका कारण मरेको हिमाञ्चल प्रदेशका बर्ड फ्लु विशेषज्ञ डाक्टर विक्रम सिंहले बताए ।

 


Thali Mobile Pvt.Ltd.