सप्तरी । संसद विघटनसम्बन्धी मुद्दामा अदालतले फैसला सुनाउने दिन नजिकिँदा प्रधानमन्त्री केपी शर्मा ओली अत्तालिन थालेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।
राजविराजमा पत्रकार सम्मेलनमा नेता पौडेलले अदालतले फैसला गर्न लागेको आभास ओलीलाई भइसकेको जिकिर गरेका छन् ।
संसद पुनर्स्थापना गर्न लागेको ओलीले सुइको पाइसको भन्दै पौडेलले त्यही भएर ओली अत्तालिएको दावी गरे । पौडेलले जस्तोसुकै सेटिङ गरेपनि सर्वोच्चले संविधानको धारा नटेकीकन फैसला नगर्ने दावी गरे ।
