भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

फोहोर विसर्जनमा समस्याकै पहाड, सर्वोच्च अदालतकाे आदेशले पनि पुगेन

फोहोर विसर्जनमा समस्याकै पहाड, सर्वोच्च अदालतकाे आदेशले पनि पुगेन

काठमाडौं । स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा समस्या उत्पन्न भएको छ । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयले अवरोध गरपछि उक्त समस्या सिर्जजना भएको हो । आफुसँग भएका पुराना सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेसी नगरपालिकाका स्थानीय सोमबारबाट आन्दोलनमा उत्रिएसंगै समस्या झन–झन गैरिदै गएको हो ।

सर्वोच्च अदालतले सोमबार फोहोर विसर्जनमा अवरोध नगर्न आदेश दिएपनि प्रभावित क्षेत्रका वासिन्दाले उक्त आदेशलाई पनि लत्याइदिएका छन् । उनीहरुको ल्याण्डफिल साइट क्षेत्रबाट मानव वस्ती हटाउनुपर्ने उनीहरुको बटमलाइन रहेको र सोमबार उनीहरुले काठमाडौंबाट फोहोर लिएर गएका झण्डै पाँच दर्जन गाडीहरुलाई फर्काइदिएका थिए ।

मंगलबार फोहोरका ट्रक आए आक्रमण गर्ने चेतावनी स्थानियवासीले दिएपछि काठमाडौं महानगरले मंगलबार फोहोर बोकेका गाडी पठाएको छैन । यो समस्या समाधान गर्न सम्बन्धीत निकायले वेलैमा ध्यान दिन जरुरी रहेको स्थानीले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.