भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

एक समूहले देशमा साम्प्रदायिक द्वन्द्व भड्काएको प्रधानमन्त्रीको आरोप

एक समूहले देशमा साम्प्रदायिक द्वन्द्व भड्काएको प्रधानमन्त्रीको आरोप

काठमाडौं ।  देशको छवि बिगार्न केही व्यक्तिले सुनियोजित रुपमा साम्प्रदायिक द्वन्द्व भड्काएको बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले आरोप लगाएकी छिन् ।

दुर्गा पूजा मनाउने क्रममा सामाजिक सञ्जालमा फेक पोस्टका कारण बंगलादेशमा साम्प्रदायिक द्वन्द्व मच्चिएको थियो । उक्त द्वन्द्वका क्रममा मुस्लिम समूहले हिन्दूहरुको दर्जनौं घरमा आगजनी गरेका थियो । हिन्दू मन्दिरमा तोडफोडसमेत गरेको थियो ।

बंगलादेशलाई कसैले पनि पछाडि धकेल्न नसक्ने भन्दै हसिना वाजेदले बंगलादेशमा भएका घटनाहरु सुनियोजित भएको बताएकी हुन् । अस्थिरता निम्त्याउन चाहने तत्वले षडयन्त्र गरेको र अब त्यो कहिल्यै पुरा हुन नपाउने उनको जिकिर छ ।

जातीय र साम्प्रदायिक दंगा फैलाउन लामो समयदेखि एउटा समूह लागिरहेको दावी हसिनाको छ । हिंसा भड्काएको आरोपमा प्रहरीले शैकत मन्डललाई पक्राउ गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.