भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

एक समूहले देशमा साम्प्रदायिक द्वन्द्व भड्काएको प्रधानमन्त्रीको आरोप

एक समूहले देशमा साम्प्रदायिक द्वन्द्व भड्काएको प्रधानमन्त्रीको आरोप

काठमाडौं ।  देशको छवि बिगार्न केही व्यक्तिले सुनियोजित रुपमा साम्प्रदायिक द्वन्द्व भड्काएको बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले आरोप लगाएकी छिन् ।

दुर्गा पूजा मनाउने क्रममा सामाजिक सञ्जालमा फेक पोस्टका कारण बंगलादेशमा साम्प्रदायिक द्वन्द्व मच्चिएको थियो । उक्त द्वन्द्वका क्रममा मुस्लिम समूहले हिन्दूहरुको दर्जनौं घरमा आगजनी गरेका थियो । हिन्दू मन्दिरमा तोडफोडसमेत गरेको थियो ।

बंगलादेशलाई कसैले पनि पछाडि धकेल्न नसक्ने भन्दै हसिना वाजेदले बंगलादेशमा भएका घटनाहरु सुनियोजित भएको बताएकी हुन् । अस्थिरता निम्त्याउन चाहने तत्वले षडयन्त्र गरेको र अब त्यो कहिल्यै पुरा हुन नपाउने उनको जिकिर छ ।

जातीय र साम्प्रदायिक दंगा फैलाउन लामो समयदेखि एउटा समूह लागिरहेको दावी हसिनाको छ । हिंसा भड्काएको आरोपमा प्रहरीले शैकत मन्डललाई पक्राउ गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.