भर्खरै : Sorry, your browser does not support inline SVG.
पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा | ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु | त्रिभुवन विमानस्थल आसपास खुला फोहोर थुप्रिँदा सरुवा रोग र बर्ड स्ट्राइकको उच्च जोखिम | अर्घाखाँचीमा ‘बाँदर हेरालु’का लागि दरखास्त खुल्यो, मासिक १२ हजार ५०० रुपैयाँ तलब | स्ट्रेट अफ होर्मुजमा आक्रमण भए इरानका पूर्वाधार ध्वस्त पार्ने ट्रम्पको चेतावनी | फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच अभियान, गाँजा सेवन गरेका ३ डुङ्गा चालक पक्राउ | बिलबिजक नराख्ने खाद्य स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना | पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह |

बसन्तपुरमा ठड्याइयो चीर

बसन्तपुरमा ठड्याइयो चीर

काठमाडौं । बसन्तपुरमा रंगचंगी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ ।

हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर होली पर्व सुरु भएको मानिन्छ ।

आज बिहान ७ः४५ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका हुन् ।

उनीहरुले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिए ।

आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।

यस वर्ष होली पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ ।

२२ गते हिमाली तथा पहाडी जिल्लामा र २३ गते तराई जिल्लामा होली मनाइन्छ । यस दिन सार्वजनिक विदा समेत दिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.