भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

बहालवाला सचिवसहित ९ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा मुद्दा दायर

बहालवाला सचिवसहित ९ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा मुद्दा दायर

काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला सचिवसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।मुद्दा दर्ता भएकामा एनआईटिसीका तत्कालीन निर्देशक तथा हाल उपनिर्देशक सफल श्रेष्ठ तत्कालीन सहायक निर्देशक रमेश प्रसाद पोखरेल भन्ने रमेश पोखरेल, तत्कालीन लेखा अधिकृत निम बहादुर वली र रामबहादुर बुढा र कम्प्युटर इन्जिनियर रामशरण गायक रहेका छन्।

आयोगले उद्योग मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहित नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, पूर्वसचिव एवम् राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का तत्कालीन अध्यक्ष सञ्जय शर्मा, तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्यायसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

नीति तथा कार्यक्रममा समावेश नभएको तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रले बजेट नै माग नगरेको नेशनल पेमेण्ट गेटवे खरिदमा भ्रष्टाचार गरिएको अख्तियारको ठहर छ। सफल श्रेष्ठ र निमबहादुर ओलीबाहेक ७ जनालाई तेइस करोड सत्ताईस लाख अन्ठाउन्न हजार सतहत्तर रूपैयाँ बिगो मागदाबी गरिएको छ। श्रेष्ठलाई सत्र लाख उनान्सय हजार सात सय रुपैयाँ र वलीलाई उनान्नब्बे लाख सतहत्तर हजार तीन सय सन्तानब्बे रूपैयाँ बिगो माग गरिएको छ।

 

 


Thali Mobile Pvt.Ltd.