भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बाँकेको बाल सुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु, ११ जना घाइते

बाँकेको बाल सुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौं । बाँकेको एउटा बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। डुडुवा गाउँपालिकामा रहेको जयन्दु बाल सुधार गृहमा गए राति झडप हुँदा एक जनाको मृत्यु भएको बाँकेका डीएसपी तथा प्रवक्ता नारायण डाँगीले बताए।

झडपमा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको भने उपचारको क्रममा निधन भएको डीएसपी डाँगीले जानकारी दिए। मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उनी अपहरण, शरीर बन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा रहेको प्रहरीले जनाएको छ।

झडपमा घाइते १० जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

सुधार गृहमा रहेका दुई पक्ष झडपमा उत्रँदा बाल सुधार गृहको अवस्था रातभर तनावपूर्ण बनेको थियो। स्थिति अहिलेसम्म तनावग्रस्त नै रहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.