भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

बाँकेको बाल सुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु, ११ जना घाइते

बाँकेको बाल सुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौं । बाँकेको एउटा बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। डुडुवा गाउँपालिकामा रहेको जयन्दु बाल सुधार गृहमा गए राति झडप हुँदा एक जनाको मृत्यु भएको बाँकेका डीएसपी तथा प्रवक्ता नारायण डाँगीले बताए।

झडपमा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको भने उपचारको क्रममा निधन भएको डीएसपी डाँगीले जानकारी दिए। मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उनी अपहरण, शरीर बन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा रहेको प्रहरीले जनाएको छ।

झडपमा घाइते १० जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

सुधार गृहमा रहेका दुई पक्ष झडपमा उत्रँदा बाल सुधार गृहको अवस्था रातभर तनावपूर्ण बनेको थियो। स्थिति अहिलेसम्म तनावग्रस्त नै रहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.