भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ?

बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ?

काठमाडौं, ३० भदौ । देशका विभिन्न स्थानमा बाढी, पहिरो, सडक मर्मत तथा निर्माणका कारण प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएको छ।

बागमती प्रदेशका काभ्रे, रसुवा, नुवाकोट, धादिङ र चितवनका सडकखण्ड प्रभावित छन्। काभ्रेमा सम्भावित बाढीका कारण खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी सडकखण्डमा सम्पूर्ण सवारीसाधनको आवागमन रोकिएको छ। सूचना नभएसम्मका लागि उक्त सडकखण्डमा आवागमन बन्द गरिएको जनाइएको छ।

रसुवामा मुख्य राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। नुवाकोटमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै, विदुर नगरपालिका–१० सिमटारस्थित पासाङ ल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेको छ।

धादिङमा बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। सोही गाउँपालिकाको वडा नं. १० ज्वालामुखी तथा पृथ्वी राजमार्गको शीतलबजार क्षेत्रमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।

चितवनको तुइनखोला, नारायणगढ–मुग्लिन सडकखण्डमा सडक मर्मतका कारण सवारीसाधनको चाप हेरी एकतर्फी यातायात सञ्चालन भइरहेको छ। 

गण्डकी प्रदेशको मनाङमा नासों गाउँपालिका–३ धारापानीस्थित चामे–बेँसीसहर सडकखण्डमा साना सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्। त्यस्तै, कर्णाली प्रदेशको हुम्लामा सर्केगाड गाउँपालिका–६ स्थित कर्णाली करिडोर पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

अवरुद्ध/प्रभावित सडकखण्ड

खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी, काभ्रे – आवागमन रोकिएको, रसुवाको मुख्य राजमार्ग – पूर्ण अवरुद्ध, टोखा–छहरे, नुवाकोट -रातिको समयमा सञ्चालन रोक, पासाङ ल्हामु सडकखण्ड, नुवाकोट -पूर्ण अवरुद्ध, पृथ्वी राजमार्ग, कृष्णभीर, धादिङ – पूर्ण अवरुद्ध, पृथ्वी राजमार्ग, ज्वालामुखी/शीतलबजार, धादिङ -एकतर्फी सञ्चालन, नारायणगढ–मुग्लिन, तुइनखोला, चितवन – चापअनुसार एकतर्फी सञ्चालन, चामे–बेँसीसहर, धारापानी, मनाङ -साना सवारी मात्र सञ्चालन, कर्णाली करिडोर, सर्केगाड–६, हुम्ला -पहिरोका कारण पूर्ण अवरुद्ध ।

 


Thali Mobile Pvt.Ltd.