भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी

नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी

काठमाडौं, ३० भदाै । क्षयरोग (टीबी) विरुद्ध विकास भइरहेका नयाँ खोपहरूले सन् २०३० देखि २०५० सम्ममा ७३ लाखभन्दा बढी मानिसको ज्यान बचाउन सक्ने विश्वव्यापी खोप गठबन्धन गाभीले जनाएको छ।

गाभीकी प्रमुख सानिया निश्तारले परीक्षणको अन्तिम चरणमा रहेका नयाँ टीबी खोपहरू रोगविरुद्धको महत्वपूर्ण नयाँ प्रतिरक्षण उपकरण बन्न सक्ने बताउनुभएको छ। गाभीका अनुसार नयाँ खोपहरू सन् २०२९ देखि उपलब्ध हुन सक्ने अपेक्षा गरिएको छ। सबैभन्दा बढी आवश्यकता भएका देशहरूमा यी खोपको पर्याप्त आपूर्ति सुनिश्चित गर्नुपर्नेमा गाभीले जोड दिएको छ।

गाभीको नयाँ विश्लेषणअनुसार नयाँ टीबी खोपहरूले सन् २०३० देखि २०५० को अवधिमा ७३ लाखभन्दा बढी मानिसको जीवन बचाउन सक्नेछन्। यस्ता खोपले न्यून तथा मध्यम आय भएका देशहरूमा शताब्दीको मध्यसम्ममा १३५ अर्ब अमेरिकी डलरसम्मको आर्थिक लाभ पुर्‍याउन सक्ने सम्भावना रहेको विश्लेषणमा उल्लेख छ।

गाभीले खोप लाइसेन्स प्राप्त भएपछि पनि बजारमा ल्याउन समय लाग्न सक्ने जोखिम औँल्याएको छ। पर्याप्त विश्वव्यापी तथा घरेलु वित्तीय स्रोतको अभावले नयाँ टीबी खोपको प्रयोग र पहुँच सीमित हुन सक्ने उसको विश्लेषण छ। हाल टीबी रोकथामका लागि प्रयोग हुँदै आएको एकमात्र खोप ब्यासिल क्याल्मेट–गेरिन (बीसीजी) हो। यो खोप मुख्यतः बालबालिकालाई दिइन्छ।

सरकार तथा निजी दातालाई एकत्रित गर्दै विकासशील देशलाई प्रमुख रोगविरुद्धका खोप किफायती मूल्यमा उपलब्ध गराउन सहयोग गर्ने गाभीले जनाएको छ। गाभीले नियमित खोप कार्यक्रममार्फत नयाँ टीबी खोपको व्यापक प्रयोगमा जोड दिने तथा अन्तिम चरणमा रहेका टीबी खोपका परीक्षणलाई प्रतिस्पर्धात्मक र भौगोलिक रूपमा विविध बनाउन प्रोत्साहन गर्ने बताएको छ।

 


Thali Mobile Pvt.Ltd.