भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

बाबुराम फेरि वैकल्पिक शक्ति तर्फ

बाबुराम फेरि वैकल्पिक शक्ति तर्फ

काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले फेरि वैकल्पिक शक्ति निर्माण गर्ने घोषणा गरेका छन् । भट्टराईले संविधान जारी भएपछि कान्तिकारीहरू नै सत्ताको चास्नीमा डुब्ने आंकलन गरेर नै आफूले नयाँ शक्ति निर्माण अभियान थाले को बताए ।

पुरानाहरूलाई नै लिएर सुधार गर्ने आदर्श प्रयासले असफलता हात परेको स्वीकार गर्दै २०७२ साल असोज ३ गते नयाँ संविधान जारी भएपछि त्यसमा असहमति जनाउँदै भट्टराईले आफनो मातृ दल माओवादी परित्याग गरी २०७३ जेठ ३० गते तामझामका साथ नयाँ शक्ति पार्टी घोषणा गरेका थिए ।

तर त्यस यता भट्टराई नयाँ शक्तिको मन्त्र जप्दै विभिन्न पार्टी चहार्दै अहिले नेपाल समाजवादी पार्टी बनाएका छन् । उनले पुराना दलहरूको अकर्मन्यता र गलत कर्मले नयाँ वैकल्पिक शक्ति निर्माणका आधार तयार गर्दै गरेको उल्लेख गरे ।

भट्टराईले अल्वर्ट आइन्सटाइन र रोजा लग्जेम्बर्गका भनाइहरू थप्दै दुवैका विचारहरू साथमा लिएर नयाँ वैकल्पिक शक्ति निर्माणको प्रयास हु्ने दाबी गरे ।

 


Thali Mobile Pvt.Ltd.