भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

बालबालिकामा अनौठो लक्षण

बालबालिकामा अनौठो लक्षण

काठमाण्डौ । बालबालिका र किशोरकिशोरीको खुट्टाको औँलामा अनौठो लक्षण देखा पर्ने कारण वैज्ञानिकहरुले पत्ता लगाएका छन् । कोरोना भाइरस सङ्क्रमण भएर रक्त कोशिकाहरुमा धेरै असर पर्दा औँलाहरु बैजनी र नीला भएर सुनिने र छुँदा दुख्ने लक्षण देखिने गरेको नयाँ अध्ययनले देखाएको छ ।

अमेरिकाको नर्थवेस्टन युनिभर्सिटीको छालारोग विभागका डाक्टर एकडा एमी पालेरले भाइरस शरीरमा प्रवेश गरेपछि छालाले प्रतिक्रिया देखाउनु स्वाभाविक भएको बताए । इटलीमा कोरोना सङ्क्रमित बालबालिका र किशोरकिशोरीमध्ये २० प्रतिशतमा यस्तो समस्या देखिएको रिपोर्ट नै सार्वजनिक भएको थियो ।

फ्रान्सको पेरिस विश्वविद्यालयले कोरोना पछि यस्ता समस्या भएका ५० जना किशोरकिशोरी र बालबालिकामा अध्ययन गरेको थियो । छालारोग विशेषज्ञहरुले यसलाई ‘कोभिड टोज’ अर्थात ‘कोभिड औँलोु नामाकरण गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.