भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागि हुदा नेबिको बिस्कुट फ्याक्ट्री जलेर नष्ट, आगो निभाउन हेलिकप्टर प्रयोग

बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागि हुदा नेबिको बिस्कुट फ्याक्ट्री जलेर नष्ट,  आगो निभाउन हेलिकप्टर प्रयोग

काठमाडौ । बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागि भएको छ । नेबिको बिस्कुट फ्याक्ट्रीबाट शुरु भएको आगलागिको कारण खुल्न सकेको छैन ।

गए रातिदेखि शुरू भएको आगलागि अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौं र ललितपुर महानगरपालिकाका सबै बारूणयन्त्र खटिएका छन् ।

आगो नियन्त्रणमा लिन सेनालाई पनि परिचालन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, मेट्रो प्रहरी र विमानस्थल एभिएसन शाखाको हेलिकप्टर पनि आगो नियन्त्रणमा जुटेको छ ।

आगालिगबाट नेबिको बिस्कुटको प्लान्ट र गोदाम पूर्ण क्षति भइसकेको छ । नेबिको बिस्कुटमा ५० करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.