भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कृषि औजार कारखानाबाट राष्ट्रिय आविष्कार केन्द्रले बनायो कुटो र कोदालो

कृषि औजार कारखानाबाट राष्ट्रिय आविष्कार केन्द्रले बनायो कुटो र कोदालो

वीरगञ्ज । राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिकहरुले पुनः सञ्चालनमा ल्याउन थालेको कृषि औजार उत्पादनको कार्य सुरु गरेको छ । भग्नावशेषमा परिणत भएको कम्पनीको पुरानो मेसिनहरु मर्मत गरी परीक्षण गर्दा पराम्परागत कृषि औजारहरु उत्पादन गरेको हो ।

केही दिनदेखि नियमित परीक्षणका क्रममा साबेल, गैंती, कुटो, कोदालो, बञ्चरो जस्ता उपकरणहरु बनाएको राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले बताए । उनले भने, ‘हाम्रो प्राविधिक टोलीले यहाँको पुराना मेसिनहरुको मर्मत र परीक्षण गरिरहेका छन् ।’

१० थानका हिसावले उपकरण उत्पादन भइरहेका छन् । कृषि सामग्री कम्पनी सञ्चालन गर्न सकिने र यसबाट कृषिका लागि चाहिने आधारभूत कृषि औजार निर्माण गर्न सकिने पुनले बताए ।

३१ भदौको मन्त्रिपरिषद् बैठकले कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.