बालेनप्रति आरजुको बकम्फूसे टिप्पणी

बालेनप्रति आरजुको बकम्फूसे टिप्पणी

काठमाडौं । सामाजिक सञ्जाल निर्णायक भएकै कारण स्वतन्त्र उम्मेदवारहरूले जित हासिल गरेको नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले बकम्फूले आरोप लगाएकी छन् । तरुण दल पर्वतले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री पत्नी राणाले बालेन्द्र साहले पनि फेसबुक ग्रुप परिचालन गरेर चुनाव जितेको आरोप लगाएकी हुन् ।

बालेन्द्र साहले ‘रुटिन अफ नेपाल बन्द’ नामक पेजमा पैसा खर्च गरेर चुनाव जितेको आरोप राणाको छ । उनले भनिन्, ‘अहिले जत्ति पनि स्वतन्त्र जितेका छन् नि उनीहरूले एउटा–एउटा ग्रुप परिचालन गरेर नेता बन्या हुन् । बालेन साहको तपाईँले हेर्नुभयो सोसल मिडिया ?

रुटिन अफ नेपाल बन्द । अहिले म ओपन्ली भन्न चाहँदिन, उहाँले कतिमा हायर गर्नुभयो ? यत्रो ठूलो आउटरिच भएको रुटिन अफ नेपाल बन्दलाई उसले परिचालन गर्‍यो । एनालिसिस गर्‍यो । राजनीति हो एभ्रि थिङ इज फेयर भन्छ । अब हामीले के गर्ने ?’

पछिल्लो समय पेसा छाडेर राजनीतिमा आउने क्रम बढेको भन्दै दीर्घकालीन हिसाबले बहुदलीय व्यवस्था नै उपयुक्त हुने राणाको धारणा छ । अहिले जो पनि पोलिटिक्स गर्ने । एक्टर पनि एक्टिङ छाडेर पोलिटिक्स गर्ने, पत्रकार पनि पत्रकारिता छाडेर पोलिटिक्स गर्ने, हुन त सबै आएपछि रमाइलो पनि होला ।

तर हामीले लामो समयका लागि सोच्ने हो भने बहुदलीय व्यवस्था नै कायम राख्नुपर्छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवा बिहान उठेदेखि नसुतेसम्म व्यस्त रहेको प्रसङ्ग निकाल्दै उनले सत्तामा बस्न सजिलो नभएको जिकिर गरिन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.