काठमाडौं । भारत बिहार विधानसभा निर्वाचनमा कम्युनिष्ट पार्टीलाई सफल्ता मिलेको छ । राष्ट्रिय जनता दलसँगको एलाइन्समा तीन कम्युनिष्ट पार्टीले जम्मा २९ वटा सिटमा प्रतिस्पर्धा गरेका थिए ।
२९ सिटमध्ये कम्युनिष्ट पार्टी अफ इन्डिया (सिपिआई) ६ सिटमा, सिपिआई (एमएल) १९ सिटमा र कम्युनिष्ट पार्टी अफ इन्डिया (सीपीआई एम) ले चार सिटमा प्रतिस्पर्धा गरेका थिए ।
ताजा नतिजा अनुसार सिपिआईले दुई सिट जितेको छ, सिपिआई (एमएल)ले १२ सिट र सिपिआई (एम) ले २ सिट जितेका छन् । अवस्था सुध्रिएपछि कम्युनिष्ट पार्टीका नेताहरु उत्साहित देखिएका छन् । कम्युनिष्ट पार्टीले १६ सिट जितेका छन् ।
