भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

बैतडीमा दुई हजार मतदाता थपिए

बैतडीमा दुई हजार मतदाता थपिए

बैतडी, । बैतडीमा दुई हजार तीन सय ८१ मतदाता थपिएका छन् । थपिएका मतदातामा एक हजार एक सय दुई महिला र एक हजार दुई सय ७९ पुरुष छन् । जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर तर्कराज जोशीका अनुसार थपिएका मतदातामा एक महिला र ६ पुरुष अर्को जिल्लाका रहेका छन् । मतदाताले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बैतडीमा एक लाख ४८ हजार ६ सय ६ मतदाता थिए ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राखेर गत असार १ गतेदेखि बैतडीमा पनि फोटोसहितको मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य जारी छ । जिल्ला प्रशासन, जिल्ला निर्वाचन र इलाका प्रशासन कार्यालय पुर्चौंडी हाटबाट फोटोसहित मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य भइरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयालले जानकारी दिनुभयो । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न १६ वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकले सक्नेछन् ।

फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता १६ वर्षमा हुने भए पनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्दछ । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि नेपाली नागरिकताको प्रमाणपत्र, विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाणपत्र, बसाइँसराइ गरेर आएकाको हकमा बसाइँसराईको प्रमाणपत्र आवश्यक पर्ने कार्यालयले जनाएको छ । जिल्ला बाहिरका नागरिकले पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् ।

मतदाता नामावली सङ्कलनको क्रममा नामावलीमा रहेको त्रुटि सच्याउन र संशोधन गर्ने कार्य पनि भइरहेको छ । मतदाता नामावली विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न तथा दोहोरो परेको नाम हटाउने काम जिल्ला निर्वाचन कार्यालयमा भइरहेको छ । गत असार १ गतेदेखि सुरु भएको फोटो मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा नहुँदासम्म जारी रहने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.