भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

बस दुर्घटनामा आठ घाइते

बस दुर्घटनामा आठ घाइते

बैतडी । यहाँ ३२ यात्रु सवार बस दुर्घटनामा परेको छ । पाटन–पञ्चेश्वर सडकखण्डअन्र्तगत ना७ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ रौतगाउँमा आज बिहान ६ बजे दुर्घटनामा परेको हो ।दुर्घटनामा परेर आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । घाइते हुनेमा मेलौली–६ का कमलापति भट्ट, मेलौलीकै मनिषा चन्द, दुर्गादत्त भट्ट, शिवनाथ गाउँपालिकाकी शुशिला चन्द, शिवनाथकै जनक औजी, रामसिंह साउँद, कञ्चनपुरको बेदकोट नगरपालिका दैजीकी पुजा भट्ट र बारा घर भएका सिराज अन्सारी रहेका छन् । घाइतेलाई उपचारका लागि डडेल्धुरा जिल्ला अस्पताल पठाइएको छ ।महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको पवनदुत यातायातको उक्त बस सडकबाट २० मिटर तल खसेको छ । बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का विरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 


Thali Mobile Pvt.Ltd.