भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

भक्तपुर अस्पतालको उत्कृष्ट सेवा

भक्तपुर अस्पतालको उत्कृष्ट सेवा

भक्तपुर । रिफर सेन्टरका रुपमा रहेको भक्तपुर अस्पतालले गुणस्तरीय सेवा दिदैगएपछि देशकै उत्कृष्ट अस्पतालको उपमा पाएको छ । नवनिर्मित अत्याधुनिक भवनबाट सेवा दिन सुरु गरेपछि सेवाग्राहीलाई सेवा लिन सहज भएको छ । हाल दैनिक ८ सय देखि १२००ले सेवा लिइरहेका छन् ।

वीर अस्पतालपछि दोस्रो ठूलो अस्पतालका रुपमा स्थापित भक्तपुर अस्पताल कुनै समय रिफर सेन्टर बनेको थियो । तर पछिल्लो समय गुणस्तरीय सेवा प्रवाहमा देशकै उत्कृष्ट अस्पतालका रुपमा परिचित भएको छ । नयाँ भवनबाट प्रसुती वार्ड, ओटी, १५ शैयाको आइसीयु, मोडुलार ओटी सञ्चालनमा ल्याएसंगै थप परिचय बनाउँन सफल भएको छ ।

ओटी भवनको विधिवत उद्घाटन हुन बाँकी रहेपनि भवन विभागबाट अनुमति पाएसंगै सेवा दिन सुरु गरेको मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतामको भनाई छ । अत्याधुनिक उपकरण जडान गरिएको यो भवनबाट केही दिनपछि अप्रेशन सेवापनि सुरु गरिने अस्पताल प्रशासनले जनाएको छ । तत्कालै मुटुरोग सेवा पनि संचालनमा ल्याउने तयारी अस्पतालले गरेको छ ।

अस्पतालको स्तरोन्नतिले थप प्रोत्साहन र नयाँ भवन सञ्चालन आएपछि भवनको अभाव हटेर गएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमण कायस्थले बताउँनुभयो । १९६१ असार १७ गते चन्द्रलोक डिस्पेन्सरी नामबाट सञ्चालित भक्तपुर अस्पताल केन्द्रीय अस्पतालका रूपमा विस्तार हुन थालेपछि सेवाग्राही मात्रै होइन, भक्तपुरबासी पनि खुसी भएका छन् ।

आफ्नै १८ रोपनी ४ आना जमिन हुदा हुदै रेडक्रस, साझा र अन्य कार्यालयले जमिन उपभोग गरिदिदा खुम्चिएर सेवा प्रवाह गर्नुपर्ने अस्पतालको बाध्यता एकातीर छ भने अर्को तर्फ पार्किङ्गका लागि जमिन नहुँदा ठूलो समस्या झेल्नु परेको छ । ७५ शैयामा सञ्चालन हुँदै आएको अस्पताललाई बागमती प्रदेश सरकारले भेन्टिलेटरसहितको आइसियु, १ सय ८६ शैयामा सञ्चालन गरेको थियो ।

स्तरवृद्धि गर्दै तीन सय शैयामा विस्तार गर्ने भन्दै चालु आर्थिक वर्षमै खरिद गर्ने गरी आठ करोडको सिटीस्क्यान मेसिन खरिदका लागि बजेटसमेत विनियोजन गरिसकेकाले छ । थप सेवासहित नयाँ भवनबाट सेवा विस्तार भएपछि अब भक्तपुरबासीलाई गुणस्तरीय उपचारका लागि उपत्यकाका महँगा निजी अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य हुने निश्चित छ ।

 


Thali Mobile Pvt.Ltd.