भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदमा बजेट चुहावटदेखि सीमा विवादसम्म : सांसदहरूले उठाए सरकारका कमजोरी | सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’ | इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह |

भदौ ३१ गते निष्कासन हुने विकास ऋणपत्र ६ वर्षको हुने

भदौ ३१ गते निष्कासन हुने विकास ऋणपत्र ६ वर्षको हुने

काठमाडौं । सरकारले आन्तरिक ऋण उठाउन थालेको छ। सरकारले चालु आर्थिक वर्ष २०८० र ८१ को सुरुवाती महिनादेखि नै आन्तरिक ऋण उठाउन थालेको हो । खरिदकर्ताले अनलाइनबाटै ऋणपत्र बोलकबोल पेस गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ। बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी तथा नेपाली नागरिकले भाग लिन सक्नेछन्।

सरकारले नौ अर्ब चार करोड रुपैयाँ आन्तरिक ऋण प्राप्त गर्न ऋणपत्र जारी गर्न बिहीबार सार्वजनिक आह्वान गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार भदौ ३१ गते निष्कासन हुने विकास ऋणपत्र ६ वर्षको हुने छ। चालु आर्थिक वर्षमा सरकारले दुई खर्ब ४० अर्ब रुपियाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ।

सरकारले नेपाल राष्ट्र बैंकमार्फत अल्पकाल तथा दीर्घकालका लागि आन्तरिक ऋण उठाउने गर्छ। आर्थिक वर्षको पछिल्ला महिनातिर ऋण उठाउँदै आएकोमा आर्थिक गतिविधिमा शिथिलता आएर राजस्वमा संकुचन आएपछि स्रोत व्यवस्थापनका लागि सुरुको महिनादेखि नै ऋण उठाउनुपर्ने अवस्थामा सरकार पुगेको पुगेको हो।

 


Thali Mobile Pvt.Ltd.