भर्खरै : Sorry, your browser does not support inline SVG.

भारतीय आधार कार्ड भएका चिनियाँ नागरिक सुन तस्कर

भारतीय आधार कार्ड भएका चिनियाँ नागरिक सुन तस्कर

काठमाण्डौ । सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड फेला परेको छ । हङकङबाट मोटरसाइकलमा राख्ने ुब्रेक शुु मा लुकाएर ल्याइएको ६० किलो सुन तस्करीमा संलगन चिनीयाँ नागरिकसंग भारतीय आधारकार्ड फेला परेको हो ।

तीन जना चिनियाँ नागरिकसँग भने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट जारी भएको नागरिकता र एक जनासँग जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट जारी भएको नागरिकता फेला परेको प्रहरीले जनाएको छ ।

गएको साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर लैजान लागिएको सुनसहितको एक सय ५५ किलो रहेको ब्रेक शु बरामद गरेको थियो । दुई हप्ताको अनुसन्धानपछि थप अनुसन्धानका लागि विभागले प्रहरीको सीआईबीलाई हस्तान्तरण गरेको थियो ।

बिहीवार राति थप दुई जना चिनियाँ नागरिक पक्राउ परेपछि यो प्रकरणमा पक्राउ पर्ने चिनियाँ नागरिकको सङ्ख्या सात पुगेको छ । सुन तस्करी प्रकरणमा अहिलेसम्म २३ जनालाई पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.