भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतीय दादागिरी प्रति विप्लवको कडा चेतावनी

भारतीय दादागिरी प्रति विप्लवको कडा चेतावनी

काठमाडौं । भारत सरकारले हालै सार्वजनिक गरेको नक्साको विरोधमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । भारत सरकारले नेपालमाथि नाङ्गो हस्तक्षेप गरेको भन्दै नेकपाले आन्दोलन गर्ने भएको हो ।

सरकारद्धारा प्रतिबन्धित नेकपाले बुधबार एक प्रेस विज्ञप्तीमा भारतीय नक्साको विरोधमा आगामी कार्तिक २१ देखि एक हप्ते आन्दोलन गर्ने भएको हो । नेकपाले सार्वजनिक गरेको कार्यक्रममा भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउनेदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनेसम्मका कार्यक्रम घोषणा गरिएको छ ।

विज्ञप्तिमा आगामी कात्तिक २१ गते मसाल जुलुश, २२ गते कोणसभा, २३ गते भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने, २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने, २५ गते विरोध प्रदर्शन गर्ने, २६ गते भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २७ गते संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा विरोध पत्र दिने उल्लेख छ ।
विज्ञप्ती

 


Thali Mobile Pvt.Ltd.