भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

भारतीय दादागिरी प्रति विप्लवको कडा चेतावनी

भारतीय दादागिरी प्रति विप्लवको कडा चेतावनी

काठमाडौं । भारत सरकारले हालै सार्वजनिक गरेको नक्साको विरोधमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । भारत सरकारले नेपालमाथि नाङ्गो हस्तक्षेप गरेको भन्दै नेकपाले आन्दोलन गर्ने भएको हो ।

सरकारद्धारा प्रतिबन्धित नेकपाले बुधबार एक प्रेस विज्ञप्तीमा भारतीय नक्साको विरोधमा आगामी कार्तिक २१ देखि एक हप्ते आन्दोलन गर्ने भएको हो । नेकपाले सार्वजनिक गरेको कार्यक्रममा भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउनेदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनेसम्मका कार्यक्रम घोषणा गरिएको छ ।

विज्ञप्तिमा आगामी कात्तिक २१ गते मसाल जुलुश, २२ गते कोणसभा, २३ गते भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने, २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने, २५ गते विरोध प्रदर्शन गर्ने, २६ गते भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २७ गते संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा विरोध पत्र दिने उल्लेख छ ।
विज्ञप्ती

 


Thali Mobile Pvt.Ltd.