भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

भारतीय नम्बर प्लेटका गाडीले ट्राफिक व्यवस्थापनमा समस्या

भारतीय नम्बर प्लेटका गाडीले ट्राफिक व्यवस्थापनमा समस्या

सिन्धुली । सिन्धुलीमा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । भारतीय नम्बर प्लेटका गाडीका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको हो ।

साउनदेखि नेपालका तीर्थ स्थलहरुमा भारतबाट आउने भारतीय नम्बर प्लेटका गाडी तथा मोटरसाइकलका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै सीमा क्षेत्र सीतामढी,पटना, रक्सौल र जोगवनी लगाएतका स्थानबाट नेपाल प्रवेश गर्ने चारपाङ्ग्रे हलुका सवारी साधन तथा मोटरसाइकलले नेपाली भन्सार बिल नतिरी नेपाल प्रवेश गर्ने गरेको पाइएको ट्राफिकले बताएको छ ।

कतिपय चालकको चालक अनुमति पत्र समेत नहुँदा सिन्धुली जिल्लाको वीपी, मदन भण्डारी र पुष्पलाल लोकमार्गमा ट्राफिक प्रहरीलाई सास्ती भएको छ । गेरु वस्त्रमा सिन्धुली जिल्लाको मधुगंगा महादेव, खोटाङ जिल्लाको हलेसी र काठमाडौंको पशुपतिनाथ लगाएतका तीर्थस्थलको यात्राका लागि तीर्थयात्रीहरु लिएर गुडने सवारीका साधनहरुले तीर्थयात्री भन्दै चेकजाँच पनि छुट हुनुपर्ने बताउने गरेको ट्राफिक प्रहरीले गुनासो गरेका छन् ।

तीर्थयात्रीहरुले यात्रा गर्दा जोखिम हुने र कैयौं दुर्घटना समेत भई जनधनको क्षति भइरहेको भन्दै चेक जाँँचका क्रममाविना भन्सार बिल भएका र चालक अनुमति बेगरका साबिकका साधनहरुलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरीले कारबाही समेत चलाएको छ । ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको तथ्यांक अनुसार साउन महिना सुरु भएयता सिन्धुलीको वीपी, मदन भण्डारी र पुष्पलाल मध्यपहाडी लोकमार्गमा १२ हजार ३ सय ५० भारतीय नम्बर प्लेटका साधनहरुले आवागमन गहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.