भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

भारतीय सर्टिफिकेटमा सरकारी जागिर खाने कर्मचारीविरुद्ध मुद्दा दायर

भारतीय सर्टिफिकेटमा सरकारी जागिर खाने कर्मचारीविरुद्ध मुद्दा दायर

रुपन्देही । कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्दकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपययोग अनुसन्धान आयोगको टोलीले असार २० गते उनलाई रंगेहात पक्राउ गरेको थियो ।

४५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका यादवविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । कोटहीमाई गाउँपालिका ७ अन्तर्गतको सडक पीसीसी ढलान र ग्राबेल गर्ने कार्यको नापजाँचपश्चात भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग यादवले ४५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता भोला दाहालले बताए ।

अनुसन्धानको सिलसिलामा इन्जिनियर यादवले सेवाग्राहीसँग ४५ हजार रुपैयाँ घुस माग गरी लिएको पुष्टि हुन आएकोले यादवले गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा सोहीअनुसारको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) वमोजिम जरिवाना र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय हुन माग दाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.