भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

भारतीय सर्टिफिकेटमा सरकारी जागिर खाने कर्मचारीविरुद्ध मुद्दा दायर

भारतीय सर्टिफिकेटमा सरकारी जागिर खाने कर्मचारीविरुद्ध मुद्दा दायर

रुपन्देही । कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्दकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपययोग अनुसन्धान आयोगको टोलीले असार २० गते उनलाई रंगेहात पक्राउ गरेको थियो ।

४५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका यादवविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । कोटहीमाई गाउँपालिका ७ अन्तर्गतको सडक पीसीसी ढलान र ग्राबेल गर्ने कार्यको नापजाँचपश्चात भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग यादवले ४५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता भोला दाहालले बताए ।

अनुसन्धानको सिलसिलामा इन्जिनियर यादवले सेवाग्राहीसँग ४५ हजार रुपैयाँ घुस माग गरी लिएको पुष्टि हुन आएकोले यादवले गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा सोहीअनुसारको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) वमोजिम जरिवाना र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय हुन माग दाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.