एजेन्सी । भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप भएको छ । अरुणाञ्चल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सेनाबीच झडप भएको हो ।
झडपमा केही सेना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमले झडप अरुणाञ्चल प्रदेशको तवाङ सेक्टरमा भएको जनाएका छन् ।भारतीय सेनाले एलएसी पार गरेपछि चिनियाँ सेनाबीच भिडन्त भएको जनाइएको छ ।
पूर्वी लद्दाखमा झडप भएको लामो समयपछि भारतीय र चिनियाँ सेनाबीच पछिल्लो झडप भएको हो । यीमध्ये सबैभन्दा ठूलो झडप जुन २०२० मा गलवान उपत्यकामा भएको थियो । झडपमा २० भारतीय सेना मारिएका थिए ।
यो घटनाले दुई देशबीचको द्वन्द्वको शृंखला सुरु गरेको थियो ।
