भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारी वर्षाका कारण विभिन्न भागमा क्षेती, उच्च सतर्कता अपनाउन आग्रह

भारी वर्षाका कारण विभिन्न भागमा क्षेती, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । भारी वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको जानकारी दिंदै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसैबीच कास्कीको लुम्ले र जुमलेटीमा अति भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाढी सूचना केन्द्रले सूचना जारी गर्दै पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको जानकारी दिएको हो ।

पछिल्लो चौबिस घण्टामा १७१.५ मिलिमिटर वर्षा मापन भएको बाढी सूचना केन्द्रले जनाएको छ । २४ घण्टामा १४० मिलिमिटरसम्म वर्षा मापन भए बाढीपहिरोको उच्च जोखिम हुने खतरा हुन्छ ।

अति भारी वर्षाका कारण कास्की र आसपासका खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जान सक्ने जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।

त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकी, पश्चिम राप्तीका शाखा नदीहरु लगायत प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी प्रदेश भई बग्ने नदीहरुम बहाव बढ्ने र आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान अघिल्लो दिन नै विभागले सार्वजनिक गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.