भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

भूकम्पमा परी ज्यान गुमाएका १ सय ५७ जनाको शव परिवारलाई बुझाइयो

भूकम्पमा परी ज्यान गुमाएका १ सय ५७ जनाको शव परिवारलाई बुझाइयो

काठमाडौँ ।जाजरकोट भूकम्पमा परी मृत्यु भएका एक सय ५७ जनाको शव सनाखत गरी गृह मन्त्रालयले आफन्तलाई बुझाइएको छ । खोज, उद्धार तथा राहत व्यवस्थापनमा सरकारका सबै निकाय सक्रिय रहेको जानकारी दिँदै मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले घाइतेहरू उपचारपछि घर फर्कन थालेको बताए ।

भूकम्पमा परी ९९ महिला र ५८ पुरुषको मृत्यु भएको छ । जाजरकोटमा ७२ महिला र ३३ पुरुष गरी एक सय पाँच तथा रुकुम पश्चिममा २७ महिला र २५ पुरुष गरी ५२ जना रहेको मृत्यु भएको प्रवक्ता भट्टराईले बताए । घाइते दुई सय ५६ मध्ये एक सय ४६ जना उपचारपछि घर फर्किएका छन् ।

एक सय १० जना उपचाररत छन् । यसैबीच, प्रहरी प्रधान कार्यालयले जाजरकोट भूकम्पमा अहिलेसम्म नौ सय १० वटा घरमा पूर्ण क्षति भएको छन् भने दुई हजार आठ सय ६१ घरमा आंशिक क्षति भएको छ ।

 


Thali Mobile Pvt.Ltd.