भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

दिल्लीका मुख्यमन्त्री केजरीवालसँग साढे ९ घन्टा

दिल्लीका मुख्यमन्त्री केजरीवालसँग साढे ९ घन्टा

दिल्ली । मुख्यमन्त्री अरविन्द केजरीवाललाई सिबिआईले आइतबार बयान लिएको छ । मदिरा घोटाला मामिलामा सिबिआईले साढे ९ घन्टासम्म सोधपुछ गरेको हो ।

सञ्चारमाध्यमहरूसँग कुरा गर्दै केजरीवालले सिबिआईले आफूलाई पूरा सम्मानका साथ प्रश्नहरू सोधेका बताए । मदिरा नीतिका बारेमा ५६ वटा प्रश्न सोधेको थियो ।उनले आफूलाई सिबिआईले फेरि बोलाउँछ कि बोलाउँदैन भन्नेबारे थाहा नभएको सुनाए ।

गत फागुनमा दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियालाई प्रहरीले भ्रष्टाचार आरोपमा पक्राउ गरेको थियो ।

सन् २०२१ र २०२२ का लागि दिल्लीमा लागू भएको ‘एक्साइज’नीति बनाउँदा र कार्यान्वयन गर्दा भएको भ्रष्टाचार सिसोदियाको संलग्नता रहेको भन्दै सिबिआईले सिसोदियालाई पक्राउ गरेको हो।

 


Thali Mobile Pvt.Ltd.