भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

मंसिर ४ का लागि मतदाता शिक्षा तथा नमुना मतदान कार्यक्रम सम्पन्न

मंसिर ४ का लागि मतदाता शिक्षा तथा नमुना मतदान कार्यक्रम सम्पन्न

काठमाडौं । नेत्रहिन युवा सङ्घ नेपाल, काठमाडौँ उपत्यका शाखाको आयोजनामा अपाङ्गता भएका युवाहरूका लागि दुई दिने नमुना मतदाता शिक्षा तथा राजनीतिक सहभागिता विषयक जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ।

आगामी मङ्सिर ४ गतेको प्रतिनिधि तथा प्रादेशिक सभाको निर्वाचनलाई लक्षित गर्दै अपाङ्गता भएका व्यक्तीहरूमा मतदाता शिक्षा दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा दृष्टिसम्बन्धी, शारिरीक, स्वरबोलाई सम्बन्धी अपाङ्गता, हेमोफेलिया, बहिरालगायत विभिन्न खालका अपाङ्गता भएका २५ जना युवाहरूको सहभागिता रहेको थियो।

दुई दिनसम्म सञ्चालन भएको उक्त प्रशिक्षण कार्यक्रममा सहभागिहरूलाई निर्वाचन प्रक्रिय, निर्वाचन आचारसङ्हिता, मतदाता शिक्षा प्रक्रिया, सामाजिक सञ्जालको प्रयोग, मिथ्या सूचना र दूस्प्रचारलगायतका विषयमा प्रशिक्षण दिइएको थियो भने दोस्रो दिन नमुना मतदान कार्यक्रमसमेत गरिएको थियो।

कार्यक्रमको सहजिकरण अपाङ्गता भएका युवाहरू रोशनी अधिकारी (दृष्टिविहिन) र रबिता देउला (बहिरा) ले नै गरेका थिए। समापन कार्यक्रममा बोल्दै नेत्रहिन युवा सङ्घनेपालका केन्द्रीय कोषाध्यक्ष श्री सुनिलमान सिङले अपाङ्गता भएका युवाहरू स्वयम् जागरुक नभएसम्म राजनीतिक अधिकार र प्रतिनिधित्व प्राप्त नहुने भएकोले सबैलाई एकजुट भएर अगाडि बढ्नुपर्ने उल्लेख बताए ।

नेत्रहिन युवा सङ्घ नेपाल, काठमाडौँ शाखाका उपाध्यक्ष श्री शङ्कर उपाध्याय न्यौपानेले प्रशिक्षण कार्यक्रमबाट सिकेका कुराहरूलाई अनुशरण गर्दै घरघरमा गएर मतदाता शिक्षा कार्यक्रम गर्न र आगामी निर्वाचनमा अपाङ्गता भएका व्यक्तीहरूको मताधिकार उपयोग गराउनको लागि सबैलाई प्रोत्साहित गर्न अनुरोध समेत गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.