भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मकवानपुरगढीमा पशुमैत्री उद्यान बन्ने

मकवानपुरगढीमा पशुमैत्री उद्यान बन्ने

बागमती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले पशुमैत्री पार्क निर्माण प्रक्रिया अगाडि बढाएको छ । गाउँपालिकाको वडा नं ३ स्थित कालीखोला सामरीमा रु सात करोड तीन लाख ७६ हजारको लागतमा पार्क निमाण गर्न लागिएको उक्त गाउँपालिकाले जनाएको छ । स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको आर्थिक लगानीमा निमार्ण हुने गरी बहुवर्षीय योजनाअन्तर्गत पार्क निर्माण कार्य अगाडि बढाइएको हो ।

पार्क निर्माणका लागि प्रथम चरणअन्तर्गत बागमती प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको चालु आव २०७७÷७८ को स्वीकृत कार्यक्रमअन्तर्गत निर्देशनालयको रु १० लाख, गाउँपालिकाको रु १० लाख तथा स्थानीयवासीको रु दुई लाख ७८ हजारको लागत सहयोगमा निर्माण हुने बताइएको छ । उक्त बजेट पनि विनियोजन भइसकेकको छ । बजेट विनियोजनसँगै उक्त पार्क निमार्णका लागि निर्देशनालयका निमित निर्देशक रामप्रकाश प्रधान र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीबीच सम्झौता पत्रमा हस्तान्तरण गरिएको पुडासैनीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पशुमैत्री पार्कमा विभिन्न प्रजातिका गाई, भैँसी, बाख्रा लगायतका आकृति, तालीम केन्द्र, रमणीय बगैँचा, नमूना घाँसका प्रजाति, दाना उत्पादन केन्द्र, सहकारी भवन, पराल राख्ने स्थान, पानी ट्याङ्की, स्वीमिङ पुल, चमेना गृह, पिकनिक स्थल, शौचालय, विश्रामस्थल र पदमार्ग लगायतका संरचना निमार्ण हुने बताइएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.