भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मकवानपुर र भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गयो

मकवानपुर र भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गयो

मकवानपुर । मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरमा एक जनाको ज्यान गएको छ । मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर–७ लामीटारमा भएको उक्त दुर्घटनामा एक जनाको ज्यान गएको हो । दुर्घटनामा मोटरसाइकलका चालक बाग्मती गाउँपालिका वडा नम्बर–६ ठाडीखोला बस्ने २२ वर्षीय सन्तोष दर्लामीको ज्यान गएको छ । उनको उपचारका क्रममा काठमाण्डौको न्युरो अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मदन भण्डारी लोकमार्ग अन्तर्गत झुरझुरेबाट हेटौँडा जाँदै गरेको ना ३० प ३४८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको हो । दुर्घटनामा घाइते भएका २२ वर्षीय प्रदीप लोप्चन उपचारपछि घर फर्किएका छन् । त्यस्तै बारामा मोटरसाइकल दुर्घटनामा परि एक प्रहरी जवानको ज्यान गएको छ ।

शनिबार ज १२ प ७१५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भइ इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनारको ज्यान गएको हो । निजगढ नगरपालिका ८ बाट जितपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाने क्रममा सुनारको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.