एजेन्सी । भारत उत्तराखण्डकी एक १९ वर्षीया किशोरी एक दिनका लागि मुख्यमन्त्री बन्ने भएकी छिन् । हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले नै एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो। राष्ट्रिय बालिका दिवसको अवसरमा २४ जनवरीमा सृष्टिलाई उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बनाउन लागिएको हो।
उनी उत्तराखण्डको पहिलो महिला मुख्यमन्त्री हुन् । यद्यपि यो प्रतिकात्मक हुनेछ र उनले बाल सभा सत्रमा मुख्यमन्त्रीको रूपमा सरकारका विभिन्न विभागको कामका बारे जानकारी लिने छिन् । यस समयमा विभागीय अधिकारीहरूले आफ्नो काम प्रस्तुत गर्नेछन् र सृष्टिले उनको सुझाव दिनेछिन् ।
यस कार्यक्रममा उत्तराखण्डका मुख्यमन्त्री त्रिवेंद्र सिंह रावत पनि उपस्थित हुनेछन् । यो कार्यक्रम उत्तराखण्ड विधान भवनको एक प्रेक्षालयमा आइतबार दिउँसो १२ बजेदेखि अपराह्न ३ बजेसम्म आयोजना गरिएको छ।
मुख्यमन्त्रीको उद्देश्य
उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगका अध्यक्ष उषा नेगीका अनुसार उत्तराखण्ड सरकारले सृष्टिलाई एक दिनको मुख्यमन्त्री बनाउने उद्देश्य भनेको महिलाहरुको सशक्तिकरणको बारेमा सचेतना फैलाउनु हो। सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा सृष्टिले भनेकी छिन्, म एक दिनको मुख्यमन्त्री बन्ने अवसर पाएकोमा धेरै खुसी छु।
उत्तराखण्ड सरकारका विभिन्न विभागहरूको प्रस्तुति पछि म उनीहरुलाई मेरो सुझाव दिनेछु। म विशेष गरी महिलाहरुलाई उनीहरूको सुरक्षामा सम्बन्धित सुझाव दिनेछु। रुसकी बीएसएम पीजी कलेजमा बीएससी कृषि पढ्ने सृष्टिका बुबा गाउँमा पसल चलाउँछन् । उनकी आमा आंगनवाडी कामदार हुन् । दुबैले उत्तराखण्डका मुख्यमन्त्रीलाई छोरीलाई दिएको अवसरका लागि धन्यवाद दिएका छन् ।
