भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

‘मजदुर मारा सरकार मुर्दावाद’ भन्दै सिरहामा प्रर्दशन

‘मजदुर मारा सरकार मुर्दावाद’ भन्दै सिरहामा प्रर्दशन

२० असार २०७७ सिराहा । लहान बजारमा अटोरिक्सा, टेम्पो चालक मजदुरहरु आन्दोलित भएका छन् । उनिहरुले मजदुर मारा सरकार मुर्दावाद भन्दै नाराजुलुश सहित राहत र रोजगारीको माग गर्दै प्रदर्शन गरेका हुन। ई–रिक्सा तथा टेम्पो चालक संघको नेतृत्वमा चालकहरूले ई–रिक्सा र टेम्पोसहित निकालेको र्‍यालीले नगरका विभिन्न भाग परिक्रमा गरि सभा समेत गरे।

कोरोना महामारीका कारण सरकारले लामो समयसम्म सार्वजनिक यातायात ई–रिक्सा, टेम्पो, ठेलालगायत मझौला सवारी सञ्चालनमा प्रतिबन्ध लगाएपछि निकै मारमा परेको भन्दै बाध्य भएर नाराजुलुशमा उत्रिनु परेको बताएका छन् । ‘मजदुरलाई गरिखान देऊ’ बैंक ब्याज मिनाहा, शतप्रतिशत पीसीआर जाँच लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर, ई–रिक्सामा टाँसेर उनीहरुले हातमा कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रिए ।

riksaप्रहरीले सवारीको चाबी खोस्ने, सिट लैजाने र एक हजार रुपैयाँ जरिवाना लिएर दुख दिएको भन्दै आक्रोश व्यक्त गरे । सरकार कि राहत देऊ कि रोजगारी दिऊ नत्र जीविका चलाउन समस्या पर्यो भन्दै उनीहरुले काम गर्ने बातावरण मिलाउन आग्रह गरे । लहान नगरपालिकासँग राहत माग गरेको तर अहिलेसम्म सुनुवाइ नभएको ई–रिक्साचालकका नगर अध्यक्ष मनोज मण्डलले बताए । राहतमा १० अर्ब खर्च सरकारले कहाँ गर्यो ? हामीले राहत पाएका छैनौं भन्दै उनीहरुले गुनासो गरे ।

 


Thali Mobile Pvt.Ltd.